नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने २९५ जनाको ज्यान गएको छ ।
होलीका कारण भारतमा संक्रमितको संख्या झन् बढ्न सक्ने अनुमान गरिएको छ । पछिल्लो समय त्यहाँ ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताएका छन् । यद्यपी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो स्थनमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।
त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ ।