logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • प्रक्रिया पूरा गरेका विद्यार्थीलाई कोरिया जाने वातावरण बनाइदिन परराष्ट्रमन्त्री ज्ञवालीलाई संग्रौलाको आग्रह

    प्रक्रिया पूरा गरेका विद्यार्थीलाई कोरिया जाने वातावरण बनाइदिन परराष्ट्रमन्त्री ज्ञवालीलाई संग्रौलाको आग्रह

    1.3K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसको छायाँ सरकारकी श्रममन्त्री डा. डीला संग्रौलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गरि इपीएस परीक्षा पास गरी आवश्यक सबै प्रक्रिया पूरा गरेका विद्यार्थीहरुलाई जतिसक्दो छिटो कोरिया जाने वातावरण निर्माण गरिदिन आग्रह गरेकी छिन। 

    इपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका विद्यार्थीहरुले गुनासो गर्दै संग्रौलालाई ज्ञापन पत्र बुझाएका थिए। यस विषयमा कोरिया सरकारसंग तुरुन्त वार्ता गरि सहजीकरण गरिदिन मन्त्री ज्ञवालीलाई भेटि ध्यानाकर्षण गराएको उनले बताइन्। 

    सरकारले विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको कारण देखाउँदै एकवर्षदेखि दक्षिण कोरियामा रोजगारीमा जानेहरुको उडान रोकेको थियो । सरकारले रोक लगाएपछि इपीएस परीक्षा पास गरी मेडिकल तथा सम्पूर्ण भीसाप्रक्रिया पूरा गरेका उमेद्वार श्रम गन्तव्य जानबाट वञ्चित भएका हुन् ।  

    यो पनि हेर्नुहोस् 

    प्रक्रिया पूरा गरेका विद्यार्थीले कोरिया जान नपाएको भन्दै छायाँमन्त्री डिला संग्रौलालाई बुझाए ज्ञापन पत्र

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend