प्रिस्टिना । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी राष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार भएपछि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।
कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गरेका थिए। संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गरेको हो । कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।
नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताएकी छिन् ।