काठमाडाैं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ७८९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बुधबार काेराेना संक्रमित ६८५ जनाको मृत्यु भएकाे छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६६ हजार ८६२ जनाको मृत्यु भइसकेकाे छ ।
भारतमा कुल संक्रमितको संख्या १ करोड २९ लाख भन्दा बढि पुगेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार भन्दा बढि रहेकाे तथ्यांक छ ।