logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कोरोना खोपको सट्टामा दिइयो एन्टी रेबीज इन्जेक्सन ,अवस्था गम्भीर 

    कोरोना खोपको सट्टामा दिइयो एन्टी रेबीज इन्जेक्सन ,अवस्था गम्भीर 

    2.2K
    Shares

    भारतको उत्तर प्रदेशको शामली जिल्लाको सरकारी अस्पतालमा तीन महिलालाई कोभिड १९ विरुद्धको खोपको सट्टामा एन्टी रेबीज इन्जेक्सन दिइएको उनीहरूका परिवारले बताइएको छ।

    शामलीको कान्धला सामुदायिक स्वास्थ्य केन्द्रमा बिहीबार भएको घटनामा ७० वर्षीया सरोज, ७२ की अनारकली र ६० की सत्यवती कोरोना भाइरसको पहिलो डोज लगाउन गएका थिए । रेबिजको खोप लगाएकामध्ये एक ७० वर्षीया सरोज नाम गरेकी महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । 

    खोप लगाएर घर पुगेको केही समयपछि सरोज स्वास्थय अवस्था बिग्रिएको थियो । परिवारका सदस्यले उनलाई निजी अस्पतालमा उपचारका लागि लैजाँदा एन्टी रेबिज खोप लगाएको पुष्टि भएको हो । जिल्ला अधिकारी जसजित कौरले यस घटनाको अनुसन्धानका लागि एक टीम बनाएर रिपोर्ट मागेका छन् । अनुसन्धानपछि दोषी ठहरिने कर्मचारीलाई कारबाही गरिने बताइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend