लण्डन । बेलायतकी महारानी एलिजाबेथका श्रीमान् राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
त्याहाँको स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि गरिने उनले बताएका छन् । कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने र अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।
उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।
उनको अन्त्येष्टि मा पूर्व युवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन्। दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन शाही अधिकारीहरुले आग्रह गरेका छन् ।
‘