logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पाकिस्तानमा चिनियाँ राजदूत बसेको  होटल सेरेनामा विष्फोट, चार जनाको मृत्यु

    पाकिस्तानमा चिनियाँ राजदूत बसेको  होटल सेरेनामा विष्फोट, चार जनाको मृत्यु

    4.5K
    Shares

    एजेन्सी ।  पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा विष्फोट भएको हो ।

    पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको टोली बसिरहेको होटलको पार्किङमा बुधबार राति स्थानीय समयअनुसार सवा दश बजेतिर बिस्फोट भएको हो।

    पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमद उदृत गर्दै बीबीसीले जनाए अनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो ।

    बुधबार राति राजदूत रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोज गरेर होटल फर्किन लागेका थिए। उनी होटलमा पुग्नु केहीबेर अघि बिस्फोट भएको हो।

    चिनियाँ टोलीका सबै जना सुरक्षित रहेको र ज्यान गुमाउनेहरू सबै पाकिस्तानी नागरिक भएको पुष्टि भएको छ। बिस्फोटको जिम्मा तेहरिक-इ-पाकिस्तान तालिवानले लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend