काठमाडौं। भारतको गुजरातस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।
गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।
५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।
भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।