काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा थप एक अध्यादेश जारी भएकाे छ । बुधबार उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।
यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन् ।
बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।