काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल पक्षका स्थायी कमिटी बैठक बस्ने भएको छ । सांसदहरुको सामूहिक राजीनामा दिनेलगायत समसायमिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
भर्चुअल माध्यमबाट भए पनि बैठक बस्ने र कसरी अगाडि बढ्ने भनेर छलफल गरिने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।
उता, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन खोजेको विश्वासको मतमा उनलाई असफल बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव नेपाल समूहबीच सहमति जुटिसकेको बताइएको छ ।