logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्री ओली अब अल्पमततर्फ !

    प्रधानमन्त्री ओली अब अल्पमततर्फ !

    4K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनता समाजवादी पार्टी (जसपा)काे पनि साथ नपाउने भएका छन् ।  सोमबार लिन लागेको विश्वासको मतमा जसपाले पनि नसघाउने निश्चित भएकाे हो ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा देखिए पनि आइतबार बालुवाटारमा प्रधानमन्त्रीसमक्ष उनीहरु दुवैले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

    उनीहरुले विश्वासकाे मत दिने अवस्था आइनसकेकाले मत नदिनेबारे बताएकाे स्राेतले जानकारी दियाे । यसअघि रेशम चाैधरी लगायतकाे मुद्दा फिर्तासहित अन्य माग पूरा गराइदिने शर्तमा ओली पक्षमा ठाकुर र महताे देखा परेका थिए ।

    ठाकुर र महतोले आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

    जसपाका अर्का समूह अध्यक्ष उपेन्द्र यादव  र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई प्रतिनिधिसभा विघटनदेखि नै ओलीको विपक्षमा छन् । 

    अहिले नेकपा एमालेसँग १ सय २१ जना सांसद छन् । सरकार बनाउनका लागि १ सय ३६ जना आवश्यक पर्छ । अब जसपाकाे साथ नभएपछि ओली अल्पमतमा पर्ने निश्चित देखिन्छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको विपक्षमा छन् । उनीहरु पनि सामुहिक राजीनामाकाे तयारीमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend