काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री ओली संसद भंग गर्दै संविधान मास्न उद्धत रहेकाले उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
नेकपा एमालेकै नेपाल-खनाल समूह पनि आजको संसद बैठकमा अनुपस्थित हुने भएको छ।