काठमाडाैं । नेकपा एमालेमा जारी विवाद समाधानको प्रयासका लागि दोस्रो तहका नेताहरूबीच छलफल भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र झलनाथ खनाल-माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सिंहदरबारमा छलफल भएको हो ।
खनाल-नेपाल पक्षले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरिसकेको छ । उक्त निर्णयपछि दाेस्राे तहका नेताबीच छलफल भएकाे हाे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिँदैछन् । खनाल-नेपाल पक्षका नेताहरू भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।