logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • खनाल-नेपालले पार्टी फुटाए त्यसमा सहभागी हुने वामदेव गाैतमकाे घाेषणा

    खनाल-नेपालले पार्टी फुटाए त्यसमा सहभागी हुने वामदेव गाैतमकाे घाेषणा

    1.8K
    Shares

    काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने बताएका छन् । 

    गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गाैतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए । प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएका थिए ।

    गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

    नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

    १. अध्यक्ष कमरेडसँगको कुराकानीबारे

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क। केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क। अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

    यसको प्रतिउत्तरमा उपाध्यक्ष वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

    २. क. माधव नेपालहरुका सन्दर्भमा
    वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend