logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीकाे दाबी : याे सदनले आफूबाहेक अरु कसलाई प्रधानमन्त्री छान्ला र ?

    प्रधानमन्त्री ओलीकाे दाबी : याे सदनले आफूबाहेक अरु कसलाई प्रधानमन्त्री छान्ला र ?

    2.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका छन् ।

    प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (२) बमोजिम विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र स्थायित्वका साथ एकताबद्ध भएर जनताले देख्ने र बुझ्ने गरी एकजुट भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

    प्रतिनिधिसभाको बैठक सम्बोधनका क्रममा उनले भने, ‘कारण जेसुकै होस्, हाम्रा गतिविधि, चिन्तन, प्रयास र ध्यान जे कुरा केन्द्रित हुनुपर्थ्यो, त्यस्तो हुन सकेन । सरकारले आफ्नो ध्यान कोभिडविरुद्ध र विकासका गतिविधिमा ध्यान दिन चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्‍याे ।’ कतिपय सन्दर्भमा प्रधामन्त्री र सरकारविरुद्ध हिलो छ्याप्ने काम भएको गुनासो उनले गरे ।

    सम्बाेधनका क्रममा उनले सरकारले गरेकाे कामकाे लामाे फेहरिस्त नै सुनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हुँदाहुँदै अर्को प्रधानमन्त्री बन्ने सम्भावना नदेखेकाे दाबी पनि गरे ।

    ‘मैले विश्वास लिएको छु माननीय सदस्यज्यूहरुले हुन्न भन्नेमा त कसरी रेजा लगाउन सक्नुहुन्छ र ? बाहिरसम्म आउँदा त प्रधानमन्त्रीले फोन पनि गरेन भन्ने लागेको होला कुरा छोडिदिनुस् म काममै लागेर फोन गर्न नभ्याएको हो ।’ उनले भने, ‘यो सदनले म छँदाछँदै अर्को कसलाई प्रधानमन्त्री बनाउला र म त्यतापट्टि जान चाहन्नँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend