logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्न ‘विश्वास नभएर विघटन गरेको संसदले कसरी विश्वासको मत दिने ?’

    प्रधानमन्त्रीलाई उपेन्द्र यादवको प्रश्न ‘विश्वास नभएर विघटन गरेको संसदले कसरी विश्वासको मत दिने ?’

    2.7K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जुन संसदप्रति विश्वास नभएर विघटन गर्नुभयो, त्यहि संसदमा विश्वासको मत माग्ने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

    विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै यादवले भने, ‘सहमति र समझदारी कार्यान्वयन गर्न धोका दिनु भो, अनि कसरी विश्वास गर्ने ? जुन सदनलाई असंवैधानिक तरीकाले विघटन गर्नुभो, जुन सदनमाथि आफैँलाई विश्वास छैन, त्यहि सदनले कसरी विश्वासको मत दिने ?’

    त्यस्तै मन्तव्यको सुरुवातमै यादवले सरकारको ध्यान कोरोना महामारीको नियन्त्रणमा नगएको आरोप लगाए । महामारी नियन्त्रण गर्नुमा भन्दा प्रधानमन्त्रीको ध्यान अयोध्या र रथयात्रा तिर गएको आरोप लगाए । 

    आफ्नो पार्टीसँग सम्झौता गरेपनि कार्यन्वयन गर्ने समयमा प्रधानमन्त्रीले विश्वासघात गरेको यादवले गुनासो पोखे । मुलुकमा राष्ट्रिय समस्याको रुपमा रहेको दलित, आदिवासी, मधेसी, महिलाहरुको समस्यालाई तीन वर्षमा समाधान गर्ने प्रयास समेत नगरेको यादवले बताए । त्यस्तै प्रधानमन्त्रीले संघीयतालाई संस्थागत गर्नुको सट्टा यसलाई उखेलेर फाल्ने चेष्टा गरेको यादवले आरोप लगाए । 
    आफूहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्नेतर्फ अघि बढिसकेको कुरा यादवले अवगत गराए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend