logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • जसपाको २ धार : नरम महन्थलाई काउन्टर दिए आक्रामक उपन्द्रले

    जसपाको २ धार : नरम महन्थलाई काउन्टर दिए आक्रामक उपन्द्रले

    1.5K
    Shares

    काठमाडाैं । प्रतिनिधिसभा बैठकमा साेमबार एक फरक दृश्य देखियाे । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले सम्बोधन गरे । प्रतिनिधिसभामा एक पार्टीका २ जनाले फरक-फरक अभिव्यक्ति दिए । तर उनीहरुकाे एक अर्काकाे अभिव्यक्ति परस्पर विराेधमा थियाे ।

    सम्बोधनका क्रममा दुई नेताको फरक अभिव्यक्ति आएकाे छ । महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीप्रति नरम रुपमा प्रस्तुत भए भने उपेन्द्र यादव आक्रामक रुपमा प्रस्तुत भए ।

    के भने उपन्द्रले ?

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिटिङमा ‘संसद हटाइदिउँ’ भनेको बताए । ‘एउटा मिटिङमा प्रधानमन्त्रीले संसद हटाइदिउँ भन्नुभएको थियो,’ उनले ओलीलाई उदृत गर्दै भने, ‘जुन सदनमा प्रमलाई विश्वास छैन् त्यो सदनले उहाँलाई कसरी विश्वासको मत दिने ?’

    उनले सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै त्यतातिर नरहेको आरोप लगाए।  ‘कोरोना नियन्त्रमा जानुपर्ने अहिलेको आवश्यकता होइन ? बिरामी बेड र औषधि नपाएर मरिरहेको छ,’ उनले भने । जुन सदनलाई असंवैधानिक तरिकाले विघटन गरेका थिए त्यहीँ विश्वासको मत मागेको उल्लेख गरे ।  

    उनले विश्व स्वास्थ्य संगठनले एक वर्षअघि नै चेतावनी दिएको सुनाउँदै कोरोना नियन्त्रणमा सरकारले केही नगरेको आरोप पनि लगाए ।

    मधेस मुस्लिम, जनजाति दलित थारुका राष्ट्रिय समस्यालाई समाधान गर्ने प्रयास तीन वर्षमा नभएको उनको दाबी थियो । जनताको जीवनसँग खेलवाड गर्ने सरकारलाई कसले के का आधारमा विश्वास गर्ने ?’ उनकाे प्रश्न थियाे । 

    यसअघि बोलेका महन्थ ठाकुरले भने ओलीलाई मधेशको समस्या अपनत्वका साथ लिएको भन्दै धन्यवाद दिएका थिए । 

    के भनेका थिए महन्थले ? 

    पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले छुटाएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले धन्यवाद दिए । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिए ।

    तर, उनले प्रधानमन्त्री ओलीको पक्षमा मत दिने चाहिँ बताएनन् । ‘विश्वासको प्रस्तावको पक्षमा पनि छैनौं, विपक्षमा पनि छैनौं । किनभने अहिले पनि हामी विभेदबाट पीडित छौँ।  कोही पनि जेलमा नरहोस्। राजनीतिक कारणले भएको आन्दोलनमा सजाय भोग्न नपरोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend