काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधिसभा विघटन नहोस् भन्नका लागि प्रतिनिधिसभामा विश्वासको मत मागेको दाबी गरेका छन् ।
उनले प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, ‘केही साथीले भन्नुभयो प्रतिनिधिसभा पुन: विघटन हुन्छ कि भन्ने चिन्ता ब्यक्त गर्नुभयो । त्यही नहोस् भन्नका लागि त मत मागेको हो नि ? मत दिनुस् न त पाँचै वर्ष चल्छ ।’
उनले आफूले मुद्दा लडेर पुन:स्थापना गरेको प्रतिनिधिसभा पाँच वर्ष बचाउन पक्षमा मत दिन आग्रह गरे । उनले भने ‘मत दिनुस् पाँच वर्ष चलाउँ भन्छु, मान्नु हुन्न त म के गरुँ ? भीरको डिलमा गएर मुन्तिर फाल हाल्ने अनि गुरुत्वकर्षणलाई दोष दिने ?’