काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको साेमबारको बैठकपछि सभामुख सापकाेटाले अर्काे बैठक ३० गतेका लागि बाेलाएका हुन् ।
साेमबारकाे बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् । संसदमा विश्वासकाे मत प्राप्त नगरेपछि ओली नेतृत्वकाे सरकार ढलेकाे छ ।