logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • धारा ७६ को २ अनुसार सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिसमक्ष तीन दलकाे संयुक्त वक्तब्य

    धारा ७६ को २ अनुसार सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिसमक्ष तीन दलकाे संयुक्त वक्तब्य

    1.8K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत नपाएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेका छन् । 

    कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन् ।

    संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यही अनुरुप सरकार गठन प्रक्रिया आरम्भ गर्न उनीहरुले राष्ट्रपतिसमक्ष आह्वान गरेका हुुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend