काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि छलफल गर्न बैठक बोलाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागिएको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्तावमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वत: प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।