काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेकाे छ ।
मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं ।’
राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको भनाइ छ। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूलाई समय दिएकी छन् ।