सामन्तकाे आफ्नै रवाफ परिचय हुन्छ,
जालीझेली र चाेरकाे झन् आफ्नै चिनारी बनेकाे हुन्छ ।
दलालले दलाली गर्छ, अरू केही गर्दैन,
कम्युनिष्टले अरू कसैकाे सेवा गर्दैन, आफ्नाे वर्गकाे सेवा गर्छ,
सच्चा काँग्रेसले ज्यान जाला अरूलाई नेता मान्दैन र
चुनावमा रूखबाहेक अन्यत्र भाेट हाल्दैन,
छाेरी जिताउन गाेलाकारमा भाेट त हाल्नै मान्दैन,
काेही सिल्पट स्वतन्त्रलाई उमेद्वार स्वीकारेर
रूख चिन्ह नै छाडेर माेलमाेलाइ गर्न तयार हुन्न ।
माओवादी केन्द्रले गाेलाकार छाडेर
स्वतन्त्र उम्मेदवारकाे अवसरवाद स्वीकार्दैन,
रूख र गाेलाकार चिन्हबेगर चुनाव
आत्मसमर्पण र जनताप्रति विश्वासघात हाे
गिलास चिन्हबाट चुनाव जितेकाे कसैले
काङ्ग्रेसकाे वैशाखी बन्दै ह्वीप जारी गर्दैन ।
पार्टीकाे चिन्ह लिएर जितेकाे सांसद
आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासकाे मत माग्दा
समूह बनाइबनाइ मतदानमा अनुपस्थित हुँदैन,
रातदिन विभाजनकारी कृत्यकाे याेजना बनाउन सक्रिय
मान्छेले कदापि एकताकाे नक्कली अभिनय गर्न सक्दैन ।
भाेट माग्न र जित्न कम्युनिष्ट भई टाेपल्छ,
कम्युनिष्टले नेतृत्व गरेका सरकार ढाल्न
सारा अनैतिक गठबन्धन र घेराबन्दी गर्दै हिड्छ,
जनतन हसाउँछ मतदाता रूवाउँछ,
खासमा जाे जे हाे त्यस्ताे केही गर्दैन,
काेइलीकाे भ्रम दिदैं कागजस्ताे कराउँदै हिड्छ,
पञ्चकाे जतिसमेत इमान राख्दैन ।
विदेशीको आदेश तामेल गर्छ,
जीवनभरि कम्युनिस्ट र
काङ्ग्रेसकाे भ्रम निरन्तर दिन्छ,
तर काङ्ग्रेस भन्छ काङ्ग्रेसको जस्ताे काम गर्दैन ।
कम्युनिस्ट भन्छ, काङ्ग्रेसको भरिया-भराेसा पाे बन्दै हिँड्छ,
उल्टै सिद्धान्त, लाेकतन्त्र, इमान र निष्ठाकाे डिङ् हाँक्छ,
देश काेराेना महामारीले आक्रान्त छ,
प्रधानमन्त्री फाल्ने समीकरणकाे रमिता जारी छ,
जाे सरकारलाई काम गर्न असयाेग गर्छ,
उहीँ निर्लज्जताकाे सीमा नाघे भन्छ-
सरकार काेराेना नियन्त्रण गर्न असफल छ !
महामारीको बिषमता छ,
सामान्य स्थितिजस्ताे सहजताकाे माग गर्छ,
महामारीमा ज्यान र अनिकालमा बीऊ जाेगाउन
लाग्नुपर्ने खाँचाे बिर्सन्छ र
अरूलाई दाेष थाेपरेर
पानीमाथिकाे ओभानाेजस्ताे बन्न खाेज्छ,
जिउँदाे मान्छेलाई श्रद्धाञ्जलि लेखाउँछ,
आफूलाई युगपुरूष, राष्ट्रनायक भनाउँछ,
देशमा सर्वत्र सिद्धान्तहीन, स्वार्थी र
विपरित मति हावी छ ।
काेही व्यक्ति विशेषलक्षित हाेइन,
ठाेस परिचयबिहीन जेसुकैवाद नै
सुकुलगुण्डा प्रवृत्ति हाे !
सुकुलगुण्डा प्रवृत्ति – मुर्दावाद !
– एकान्तबास(आइसाेलेसन कक्ष)