logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सांसद थापालाई पार्टीको कारवाही, संसदीय दलको नेताबाट हटायो

    सांसद थापालाई पार्टीको कारवाही, संसदीय दलको नेताबाट हटायो

    2K
    Shares

    पोखरा ।  राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई संसदीय दलको नेताको नेताबाट हटाएको छ । 

    जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले थापालाई दलको नेताबाट हटाइएको जानकारी प्रदेश सभा सचिवालयलाई दिइसकिएको र थापालाई थप स्पष्टीकरण सोधिएको जानकारी दिए। 

    गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दलको नेताबाट हटाएको महासचिव मनोज भट्टले जनाएका छन्।

    यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ । 

    एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा रहेका छन् । 

    त्यस्तै नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् । बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ ।

    उक्त अवस्थामा प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले) का संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नेछन् । यस अवस्थामा मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend