काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिमा अब कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेकाे बुझिएको छ ।
त्यस्तै बैठकमा माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कार्वाही फुकुवाको विषयमा छलफल पनि हुने बताइएको छ।
नेपाल पक्षका सांसदहरूले राजीनामा गर्ने चर्चाका बीच उनीहरू माथिको कार्वाही फुकुवा गर्नेबारे पनि बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।