काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।
नेपाल पक्षका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । नेता रावलले ओलीले साढे ४ बजेसम्म माग पूरा गर्ने प्रतिबद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा दिने बताएका छन् ।
नेता रावलका अनुसार नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भन्ने माग हाे ।