काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बहुमतकाे सरकारका लागि दाबी गर्ने सहमति भएकाे छ ।
बिहीबार भएकाे बार्तामा बहुमतको सरकारको दाबी लिएर शीतलनिवास जाने सहमति भएको हाे । विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन तर पनि यी २ नेताहरुले भने बहुमतकाे दाबी गर्ने सहमति गरेकाे स्राेतकाे भनाइ छ ।
संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्म समय दिएकी छिन् । विपक्षी गठबन्धनका लागि जसपाकाे महन्थ ठाकुर पक्षले साथ नदिएपछि कांग्रेसकाे सरकार गठनमा असहज देखिएकाे हाे ।