logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फेरि केपी शर्मा ओली प्रधानमन्त्री हुने पक्का 

    फेरि केपी शर्मा ओली प्रधानमन्त्री हुने पक्का 

    1.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्रीमा पुन: केपी शर्मा ओली नियुक्त हुने पक्का भएकाे छ । कांग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने निश्चित भएकाे हाे ।

    ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत भएपछि ओली प्रधानमन्त्री हुने निश्चित भएकाे हाे । एमालेको माधव नेपाल पक्षले राजीनामा नदिने भएपछि विपक्षी गठबन्धन सरकार बनाउनबाट पछि हटिसकेकाे छ । 

    राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउनका लागि दिएको समय बिहीबार राति ९ बजेबाट सकिन्छ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।

    विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

    प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका पनि कांग्रेसले गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend