काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकता निर्माणमा सफलता मिलाेस् भनी शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन् ‘ओली-नेपालबीचको संवाद पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् ।’
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएकोमा गौतमले बधाई पनि दिएका छन् । नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएकाे जानकारी पनि दिएका छन् ।
उनले लेखेका छन्, ‘यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’