logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • मन्त्रिपरिषद्मा पुरानै अनुहारले पाए निरन्तरता

    मन्त्रिपरिषद्मा पुरानै अनुहारले पाए निरन्तरता

    1.9K
    Shares

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

    उनीहरु सहभागी नभएपछि मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् । 

    बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलको नेता भएकोले ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend