logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • टोकियो ओलम्पिक: निशाना लगाउँदै कल्पना

    टोकियो ओलम्पिक: निशाना लगाउँदै कल्पना

    2.5K
    Shares

    काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार आफ्नो तयारी सुरु गरेकी छन् ।

    आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलको नियम अनुसार तीन दिन क्वारेन्टाइनको बसाई पूरा गरेर कल्पनाले तयारी सुरु गरेकी हुन् । कोभिड–१९ को माहामारीबीच उच्च जोखिम मोल्दै आयोजना गरिएको ओलम्पिकमा आयोजकले सहभागी सबै खेलाडीलाई अनिवार्य तीन दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम राखेको छ । 

    kalpana 2.jpg

    वाइल्ड कार्डमार्फत ओललिम्पक यात्रा तय गरेकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिकमा भाग लिन टोकियो पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स साह तथा जुडोकी सोनिया भट्टले यस अघिनै तयारी सुरु गरिसकेका छन् । सोनियाको खेल तालिका समेत सार्वजनिक भइसकेको छ । ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न लागेकी सोनियाको पहिलो चरणको खेलमा शनिबार रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन् । 

    सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरियताको नवौं स्थानमा छिन् । जहाँ सोनियाको वरियता एक सय २७औं स्थानमा छ । सोनिया नेपालका गतबर्ष सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य पदक विजेता हुन् । सुक्रबार (आज) साँझ विशेष समारोहबीच ३२औं ग्रिष्मकालीन ओलम्पिकको उद्घाटन हुँदैछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend