logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मेस्सीले पीएसजी रोजेकै हुन् ? सम्झौता भएको कतारी मालिकको खुलासा 

    मेस्सीले पीएसजी रोजेकै हुन् ? सम्झौता भएको कतारी मालिकको खुलासा 

    3.3K
    Shares

    एजेन्सी। अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले दुई दशक लामो बार्सिलोनाको खेल यात्रा टुङ्याएसँगै अब उनी कुन क्लब जालान् भन्ने विषयले विश्व फुटबल तातिरहेको छ। 

    मेस्सीले बार्सिलोना छाडेको २४ घण्टा नपुग्दै उनलाई भित्र्याउन फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस जाइन्ट किलर म्यानचेस्टर सिटीले प्रमुख चासो देखाएका थिए। यी दुई टोलीको मुख्य होडमा पीएसजीले बाजी मारेको खबर सार्वजनिक भएको छ।

    पीएसजीका मालिक एवं कतारी राजकुमारका भाइ खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजीमा आउने पक्का भएको घोषणा गरेका छन्। थानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मेस्सी र पीएसजीबीच औपचारिक सहमति भइसकेको र अनुबन्धको घोषणा केही समयपछि गरिने सार्वजनिक गरेका छन्। यस खवरलाई स्पेनिस पत्रिका मार्काले समेत प्रकाशित गरेको छ।

    फ्रेन्च च्याम्पियन पीएसजी पछिल्लो समय च्याम्पियन्स लिग जित्ले लक्ष्यका साथ विश्वका स्टार खेलाडीलाई अनुबन्ध गर्ने होडमा छ। पीएसजीले यसअघि नै रियल म्याड्रिडका सर्जियो रामोस, अचरफ हाकिमी, जर्जिन्हो विजनाल्डम, जियानलुइजी डोन्नररुम्मालाई टोलीमा अनुबन्ध गरिसकेको छ।

    India-01.jpg

    ब्राजिलका सुपर स्टार नेमार र घरेलु हिरो केलियन एमबाप्पेको समेत पीएसजीलाई साथ यथावत छ। नेमारका पूर्व हितैसी मेस्सीलाई अहिले पीएसजीमा १० नम्बर जर्सी दिनका लागि नेमार राजी भएको बताइएको छ। नेमार दुई वर्षअघि बार्सिलोना छाडेर पीएसजी पुगेका थिए।

    बार्सिलोनालाई घर ठान्दै आएका ३४ वर्षीय मेस्सी अन्ततः बार्सिलोना छाड्न बाध्य भएको खबरले अहिले विश्व फुटबल चकित छ।

    कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण बार्सिलोनाले मेस्सीलाई आर्थिक भार थेग्न नसक्ने जनाएपछि उनी बार्सिलोना छोड्न बाध्य भएका हुन्। गत सिजन मात्र मेस्सीले आफू अन्तिमसम्म बार्सिलोनामै बसिरहने धारणा सार्वजनिक गरेका थिए।
    पीएसजीले मेस्सीको अनुबन्धबारे सबै खुलासा गरिसकेको छैन। तर मेस्सीले कर कटाएर बार्सिक २५ मिलियन पाउन्ड पाउने सहमति भएको बताइएको छ।

    सर्वाधिक ६ पटकका बालोन डी’ओर विजेता मेस्सीको बार्सिलोनासँगको सम्झौता गत जुलाइबाट सकिएको थियो। बार्सिलोनाकै एकेडीमा हुर्किएका मेस्सीले व्यवसायिक सम्पूर्ण जीवन बार्सिलोनामै बिताए। 

    मेस्सीले सन् २००३ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए। मेस्सीको प्रेरणमा बार्सिलोनाले १० स्पेनिस ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, ६ स्पेनिस कप जितेको छ । 

    मेस्सी ला लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी पनि हुन्। उनले बार्सिलोनाका लागि उनले सातसय ६७ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend