logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण 

    केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनको स्वर्ण 

    2.2K
    Shares

    एजेन्सी। टोकियो ओलम्पिकमा म्याराथनको स्वर्ण केन्याका धावक एलिउड किपचोगेले जितेका छन्। किपचोगेको यो लगातार दोस्रो स्वर्ण हो। 

    उनले सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए। उपाधि रक्षा गर्ने क्रममा किपचोगेले निर्धारित दूरी दुई घण्टा ८ मिनेट ३८ सेकेण्डका पूरा गरे। म्याराथनका विश्व कीर्तिमान पनि उनै ३७ वर्षीय किपचोगेको नाममा छ। 

    उनले सन् २०१८ को बर्लिन म्याराथनमा २ घण्टा १ मिनेटमा ३९ सकेन्डमा दौडदै विश्व कीर्तिमान बनाएका थिए।Kipchoge1.jpg 

    किपचोगे सन् २००४ र र २००८ को ओलम्पिमा ५ हजार मिटर दौडेमा भाग लिएका थिए। उननले सन् २००४ मा कांस्य र सन् २००८ मा रजत पदक जितका थिए। 

    यस स्पर्धामा नेदरल्यान्ड्सका अब्दी नागीएले २ घण्टा ९ मिनेटमा ५८ सकेन्डको समय निकाल्दै रजत हात पारे। कांस्य जितेका बेल्जियमका बाशीर अब्दीले निर्धारित दुरी २ घण्टा १० मिनेटमा पूरा गरेका थिए।

    kipchoge2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend