logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टाेकियो ओलम्पिक सम्पन्न

    टाेकियो ओलम्पिक सम्पन्न

    2.3K
    Shares

    एजेन्सी । विश्व खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद भव्य रुपमा सम्पन्न भएको छ । आइतबार साँझ विशेष समारोहबीच ओलम्पिक समापन गरिएको हो । 

    समापन समारोहमा ३३ औँ संस्करणको आयोजक फ्रान्सलाई झण्डा हस्तान्तरण गरिएको छ । ओलम्पिकको आगामी संस्करण सन् २०२४ मा फ्रान्सले आयोजना गर्नेछ । कोरोना महामारीबीच आयोजित ओलम्पिक सम्पन्न गर्न जापानले कुनै कसर बाँकी राखेन । उच्च सतर्कताबीच आयोजना भएको टोकियो ओलम्पिमा २०७ देशका एक हजार तीन सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कोरोनाकै कारण एक वर्ष पछि ओलम्पिक आयोजना गरिएको हो ।

    tokiyo 2.jpg

    ओलम्पिकको पदक तालिकामा अमेरिका अग्र स्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्णसहित ११३ पदक जित्न सफल भयो ।  दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्णसहित कुल ८ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित ५ पदक जितेको छ । ग्रेट ब्रिटेन २२ स्वर्णसहित ६५ पदक जितेर चौथो स्थानमा रह्यो । पाँचौं स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले २० स्वर्णसहित ७१ पदक जितेको छ ।

    टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालको टोकियो यात्रा विगतमा जस्तै सहभागितामा सिमित बन्यो । सहभागीमध्ये तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु नेपालका लागि उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्स शाह र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend