एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जान सहमत भएका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षे सम्झौता गर्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।
पीएसजीले मेस्सीलाई गरेको दुई वर्षे औपचारिक प्रस्ताव मेस्सीले स्वीकार गरेको बताइएको छ । पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको पनि समाचारमा उल्लेख छ । बाल्यकाल देखिनै बार्सिलोानको एकेडेमीमा हुर्किएका मेस्सीले २१ बर्षपछि बार्सिलोना छाड्न लागेका हुन् । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले देखाउँदै मेस्सीसँग नयाँ सम्झौता नवीकरण नगरेको हो ।
सर्वाधिक ६ पटकका बालोन डी’ओर विजेता मेस्सीको बार्सिलोनासँगको सम्झौता गत जुलाईबाट सकिएको थियो । मेस्सीले ब्यवसायिक सम्पूर्ण जीवन बार्सिलोनामै बिताए । उनले सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गरेका थिए ।
मेस्सीको प्रेरणमा बार्सिलोनाले १० स्पेनिस ला लिगा, चार युरोपेली च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, ६ स्पेनिस कप जितेको छ । मेस्सी ला–लिगामा सर्वाधिक गोल र सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी पनि हुन् । उनले बार्सिलोनाका लागि उनले सात सय ६७ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् ।