logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • फुटबल टोलीको प्रशिक्षण बुधबारदेखि

    फुटबल टोलीको प्रशिक्षण बुधबारदेखि

    1.9K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । फुटबल टोलीले आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा प्रशिक्षण सुरु गर्न लागेको हो । 

    खेलाडीले पोखरा रंगशाला नेपाली सेनाको विजयपुर बाहिनी, सशस्त्र प्रहरी बल खेल मैदान र सहारा एकेडेमीमा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले साफका लागि प्रारम्भिक टोलीमा रहेका ३७ खेलाडी समावेश गरेको छ । टोलीलाई पोखरामा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण दिनेछन् । फुटबल टोली पोखरामा दुई देखि तीनसाता रहने पनि एन्फाले जनाएको छ । 

    १३औं संस्करणको साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ तारिखसम्म पोखरामा हुने भएको छ । यसअघि दशरथ रंगशालामा हुने भनिएको साफ नेपालमा कोरोनाको संक्रमण बढेका कारण माल्दिभ्समा गरिन लागिएको हो । साफअघि नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल पनि हुनेछ । 

    गत वर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो । साफमा ५ टोलीको सहभागिता निश्चित भइसकेको छ । जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । 

    यी हुन् टोलीका खेलाडी

    अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, शिशिर लेखी, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी,  नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, जर्ज प्रिन्स कार्की, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ, विक्रम लामा । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend