logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ब्याडमिन्टनको भर्चुअल निर्णायक कोर्ष सम्पन्न

    ब्याडमिन्टनको भर्चुअल निर्णायक कोर्ष सम्पन्न

    1.8K
    Shares

    काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा संचालन भएको भर्चुअल ब्याडमिन्टन राष्ट्रिय निर्णायक कोर्ष आज बुधबार सम्पन्न भएको छ ।

    दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप संघको पहलमा पहिलो पटक राष्ट्रिय निर्णायक कोर्षको आयोजना गरिएको हो । कोर्षमा विभिन्न जिल्लाका १० महिला सहित ९७ जनाको सहभागिता रहेको थियो । केन्द्रीकृत नीतिलाई विकेन्द्रीकरण गर्दै जाने संघको उद्देश्य अनुरुप संघमा आवद्ध प्रत्येक जिल्लामा अब कम्तीमा दुई निर्णायक स्थानीय हुनेछन् ।

    साउन १७ गतेदेखि संचालित कोर्षमा सहभागीलाई ब्याडमिन्टन एसियाका सर्टिफाइड अम्पायर दीपक थापा, ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायरहरु सुमित शाक्य, समन इकवाल र कृतन खड्काले प्रशिक्षण दिएका थिए । सहभागी निर्णायकहरुले नेपाल ब्याडमिन्टन संघले आगामी दिनमा संचालन गर्ने राष्ट्रिय प्रतियोगितामा प्रयोगात्मक परीक्षा लिइने र त्यसैका आधारमा प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

    यसअघि प्राय: जिल्लामा आयोजना हुने प्रतियोगिताहरुमा केन्द्रबाट नै निर्णायकहरुको पूर्ति हुने गरेको थियो । यसका साथै नेपाली सेना, नेपाल एपिएफ कलबमा पनि निर्णायकहरुको अभावलाई पूर्ति गर्नेछ ।

    ब्याडमिन्टन एशियाका अध्यक्ष एन्टोन सुबो र ब्याडमिन्टन एशियाका टेक्निकल अफिसियल कमिटीका चेयरपर्सन चि चेन सेनले निर्णायक कोर्स संचालन गरेकोमा नेपाल ब्याडमिन्टन संघ, प्राविधक टिम र सहभागीलाई धन्यवाद पनि दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend