logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • श्रीलंकाका चण्डीमलले ईपीएल खेल्ने

    श्रीलंकाका चण्डीमलले ईपीएल खेल्ने

    2.1K
    Shares

    काठमाडौं । श्रीलंकाका विकेट किपर ब्याट्सम्यान दिनेश चण्डीमलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वान्टी क्रिकेट खेल्ने भएका छन् । 

    चण्डीमलले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्ने भएका हुन् । भैरहवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै चण्डीमलले भैरहवाबाट ईपीएल खेल्ने जानकारी दिएको हो । चण्डीमल श्रीलंकाको टीट्वान्टी टिमको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । उनले सन् २०१३ मा बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा श्रीलंकाको कप्तानी गरेका थिए । उनी सन् २०१४ श्रीलंकाले टीट्वान्टी विश्वकप जित्दा टोलीमा थिए ।

    आईपीएलको लागि भैरहवा टोलीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त रहेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

    ६ शहरका फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । सहभागी टोलीमा साविक विजेता ललितपुर प्याट्रीयटर्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले छन् । आईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले समेत मान्यता दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend