एजेन्सी । बेल्जियमका चर्चित फरवार्ड रोमेलु लुकाकु चेल्सीमा अनुबन्धित भएका छन् । इटालियन क्लब इन्टरमिलानबाट उनी कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित भएका हुन् ।
लुकाकु चेल्सीमा ९७.५ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् । यसअघि पनि उनले चेल्सीमा खेलिसकेका छन् । उनी सात वर्षपछि पुन: चेल्सी फर्किएका हुन् ।
लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । त्यसबेला उनले चेल्सीकाे सिनियर टिमबाट मात्र १५ खेल खेलेका थिए । चेल्सी छाडेपछि उनी इङ्लिस क्लब एभर्टनमा आवद्ध भएका थिए । एभर्टनमा खेल्दा उनले सन् २०१४ देखि २०१७ सम्मको सिजनमा १ सय ६६ खेलमा ८७ गोल गरे ।
त्यसपछि उनी सन् २०१७ मा अर्को इङ्लिस क्लब म्यानेचस्टर युनाइटेड गएका थिए । पछिल्लाे समय यसअघि उनी सन् २०१९ मा युनाइटेडबाट इन्टर मिलान गएका थिए । जहाँ उनले सिरी ‘ए’ क्लबका लागि गत सिजन २४ गोल गरे ।
उनकाे प्रभावशाली खेल र प्रेरणामा इन्टरले ११ वर्षपछि इटालियन सिरि एको उपाधिसमेत जितेकाे थियाे ।