एजेन्सी । बहुप्रतिष्ठित स्पेनिस ला लिगा फुटबल शनिबार देखि सुरु भएको छ । शनिबार बिहान भएको खेलमा १० खेलाडीमा समिति भ्यालेन्सियाले गेटाफेलाई १–० गोलले हरायो । घरेलु मैदानमा भ्यालेन्सियालाई जिताउन कार्लोस सोलेरले निर्णायक गोल गरे ।
कार्लेसले ११औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल भ्यालेन्सियाको जितमा प्रयाप्त बन्यो । खेल सुरु भएको तेस्रो मिनेटमै भ्यालेन्सियाका हुगो गुलियमन सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसको फाइदा गेटाफेले उठाउन सकेन ।
गेटाफे पनि दोस्रो हाफका १० खेलाडीमा समेटिएको थियो । ७६औं मिनेटमा इरिक कावाको दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दोस्रो हाफका दुवै टोलीले गोलका लागि समान अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । सिजनको पहिलो जितसँगै भ्यालेन्सियाले तीन अंक बनाएको छ । गेटाफेले हारबाट सिजनको सुरुआत गरेको छ ।
यसपकको ला लिगाको सुरुवात खेलले भन्दा बार्सिलोनाका सदावहार कप्तान लियोन मेस्सीको बर्हिगमनले चर्चा पाएको छ । तीन बर्षअघि रियल म्याडिड्रडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल छाडेर इटालियन सिरिए टोली युभेन्ट्स लाग्दा पनि ला लिगामा अहिलेको जस्तै हलचल छाएको थियो ।
मेस्सीले तीनदिन अघिमात्र २१ वर्षे बार्सिलोना बसाई अन्त्य गरेर फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका थिए । रोनाल्डोले त तीन वर्षअघि रियल छाडेका थिए । स्पेनिस ला लिगाका सदाबहार चर्चाका पात्र मेस्सी र रोनाल्डो नहुँदा खल्लो हुने विश्वभरका फुटबल प्रेमीले चर्चा गरिहरेका छन् । कतिपयले मेस्सी र रोनाल्डो विनाको ला लिगा भनेर दुःख पोखी रहेका छन् ।
तर, ला लिगा आयोजकले विश्व फुटबलका सुपरस्टारद्वय मेस्सी र रोनाल्डो विनाको ला लिगालाई कमी हुन नदिने वाचा गरेको छ । ‘ला लिगामा थुप्रै चर्चित खेलाडीहरू छन् । नयाँ खेलाडीलाई स्टार बन्ने मौका पनि ला लिगाले दिनेछ,’ आयोजकको दावी छ ।
ला लिगाको उपाधि रक्षा गर्न एट्लेटिको म्यड्रिड कडा रुपमा प्रस्तुत हुने देखिएको छ । यसैगरी रियल म्यड्रिड, बार्सिलोना, एट्लेटिको म्यड्रिड, सेभिया लगायत क्लब पनि उपाधि चुम्ने दाबीका साथ प्रस्तुत हुदैछन् ।