एजेन्सी । करिम बेन्जेमा चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले डिपोर्टिभो अलाभेसविरुद्ध गोलवर्षा गरेको छ । शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियलले अलाभेसलाई उसैको मैदानमा ४–१ गोलले स्तब्ध बनायो ।
रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे । नाचो फर्नान्डेस र भिनिसियस जुनियरले एक एक गोल थपेका थिए । अलाभेसका जोसेलुले पेनाल्टीमार्फत सान्तना गोल फर्काएका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा बेन्जेमाले ४८औं र ६२औं मिनेटमा गोल गरेका थिए ।
नाचोले ५६औं र भिनिसियसले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । अलाभेसका जोसेलुले ६५औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । सिजनको सुरुवाती जितसँगै रियलले तीन अंक बनाएको छ । अलाभेसले हारबाट सिजनको सुरुवात गरेको छ ।
यसैगरी अन्य खेलमा लिभान्ते र क्याडिज तथा रियल बेटिस र मालोर्काले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इस्पान्योल र ओसासुनाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत आइतबार राति साविक विजेता एट्लेटिको म्याड्रिडले सेल्टा भियोको सामना गर्नेछ ।
बार्सिलोनाले सिरयल सोसियडाडसँग प्रतिस्पर्धा गर्दैछ । २१ वर्ष बार्सिलोनामा रहेका कप्तान लियोनल मेस्सीले भर्खर बार्सिलोना छाडेसँगै घरेलु मैदानमा मेस्सीबिना बार्सिलोना भिँड्दैछ । मेस्सीबिना बार्सिलोनाको प्रर्दशन कस्तो होला भन्ने आम चासो बढिरहेको छ । अर्को खेलमा सेभियाले रायो मालेकानोसँग प्रतिस्पर्धा गर्दैछ ।