logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आफ्नै मैदानमा डर्टमन्ड पराजित, बायर्नले चुम्यो जर्मन सुपर कप

    आफ्नै मैदानमा डर्टमन्ड पराजित, बायर्नले चुम्यो जर्मन सुपर कप

    2.1K
    Shares

    एजेन्सी । जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले चुमेको छ । मंगलबार राति भएको खेलमा साविक विजेता बायर्नले बोरुसिया डर्टमन्डलाई उसकै मैदानमा ३–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । 

    बायर्नको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अर्को गोल थोमस मुलरले गरेका थिए । डर्टमन्डका मार्काे रिउसले सान्त्वना गोल फर्काए । ४१औं मिनेटमा लेवान्डोस्कीले गोलगर्दै पाहुना टोलीको उत्साह जगाएका थिए । उनले सर्ज गिनाब्रीको पासमा गोल गर्न सफल भएका थिए । दोस्रो हाफको सुरुवातमै थोमस मुलरले गोलगर्दै बायर्नको अग्रता दोब्बर बनाए । 

    त्यसपछि ६४औं मिनेटमा कप्तान मार्काे रिउसले जुडे बेलिङमको पासमा गोलगर्दै डर्टमन्डलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको १० मिनेटपछि लेवान्डोस्कीले कोरिन्टन टोलिसोको पासमा व्यक्तिगत दोस्रोगर्दै बायर्नलाई सहज जित दिलाए । बायर्नको यो सिजनको पहिलो उपाधि हो । प्रशिक्षक जुलियन नागेल्समानले पनि बायर्नलाई पहिलो उपाधि जिताएका छन् । 

    जर्मन सुपर कप बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल कप विजेताबीच उपाधि भिडन्त हो । सुपर कपले २२औं संस्करण पूरा गर्दा बायर्न सर्वाधिक ९ पटक च्याम्पियन बनेको छ । डर्टमन्डले ६, वेडर ब्रेमेनले तीन तथा एफसी काइसरस्लाउटन, भिएफबी स्टुर्टगार्ट र भिएफएल उल्सवर्गले एक एक पटक उपाधि जितेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend