एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले प्रभावशाली स्ट्राइकर लियोनल मेस्सी र नेमारबिनै ब्रेस्टलाई उसैको मैदानमा ४–२ गोलले हरायो ।
पीएसजीको जितमा लागि एन्डर हेरेराले २३औं, केलियन एमबाप्पेले ३६औं, इद्रिसा गानाले ७३औं र एन्जल डी मारियाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
घरेलु टोली ब्रेस्टका फ्रान्क होनोराटले ४२औं र स्टिभ मौनीले ८५औं मिनेटमा गोल गरेका थिए । लगातार तेस्रो जितसँगै ९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा छ । यसअघि लगातार दुई बराबरी खेलेको ब्रेस्टको यो पहिलो हार हो । ब्रेस्टले दुई अंक बनाएको छ ।