काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिातका लागि २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट मंगलबार अन्तिम नाम सार्वजनिक गरको हुन् । प्रशिक्षणमा रहेका अमिशा कार्की, अन्जली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् ।
६ जना खेलाडीहरु मिडफिल्डर प्रिती राई, स्ट्राइकर रश्मी घिसिङ, सबिता राना, रजनी थोकर, रक्षक सृजना सिंह र निशा थोकरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङसँग खेल्नेछ । समूहको शीर्ष टोली सन् २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ तारिखसम्म भारतमा आयोजना हुने एसियन कपमा छनोट हुनेछ ।
नेपाली महिला टोली :
अन्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गामगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह ।