logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रशिक्षक अल्मुताइरीले लेखे – ‘म बाहिरिएँ, राजनीति गर्नेले गरोस्’ !

    प्रशिक्षक अल्मुताइरीले लेखे – ‘म बाहिरिएँ, राजनीति गर्नेले गरोस्’ !

    1.8K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विवाद विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको आधा घण्टा

    नबित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद छाड्ने संकेत गरेका छन् । अल्बुताइरी छानविन समितिको प्रतिवेदन चित्त नबुझेपछि यस्तो संकेत गरेका हुन् । 

    फुटबल विवादका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) गठन गरेको सात सदस्यीय छानविन समितिले बुधबार साँझ राखेपका सदस्य सचिव रेमशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको थियो । 

    समितिले प्रतिवेदन बुझाएसँगै अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म बाहिरिएँ, अब राजनीति गर्नेले गरोस् ।’ 

    राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा सामाजिक सञ्जालको अधिक प्रयोग, नियम र अनुशासनको कम पालना गरेको लगायत विषयलाई एन्फा विवाद समस्याको मुल कारणको रुपमा उल्लेख गरेको छ । 

    प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले व्यवसायिक आचरण र व्यक्तिगत व्यवहारमा सुधार गरिनु पर्ने, अल्मुताइरीले फेसबुकमा लेखेको राजीनामा सम्बन्धी पोस्ट तत्काल हटाउनु पर्ने, प्रशिक्षकले एन्फासँग अनुमिति लिएर मात्र समाजिक सञ्जाल वा अन्य कतै अभिव्यक्ति दिनु पर्नेलगायत विषय समेटिएको छ । 

    प्रशिक्षक अल्मुताइरीले साउन १० गते एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । त्यसपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो ।

    एन्फाले आफैँ विवाद समाधान गर्न नसकेपछि छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । 

    मन्त्रालयले राखेपलाई छानविनका लागि पत्राचार गरेको थियो । सोही अनुसार राखेपले गत साउन १९ गते छानविन समिति गठन गरेको थियो । सात सदस्यीय समितिले तीन साता लगाएर प्रतिवेदन तयार पारेको थियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend