एजेन्सी । आर्सनल र साउथ साउथह्याम्पटनले काराबाओ (इएफएल) कप फुटबलमा गोल बर्षा गरेका छन् । बुधबार राति भएको खेलमा आर्सनलले वेस्टब्रुमलाई ६–० गोलले हरायो । अर्को खेलमा साउथह्याम्पटनले न्युपोर्ट काउन्टीलाई ८–० गोलले स्तब्ध बनायो ।
जितसँगै आर्सनल र साउथह्याम्पटन इएफएल कपको तेस्रो चरणमा प्रवेश गरेका छन् । एकपक्षयि खेलमा आर्सनललाई कप्तान पिर्रे एमेरिक औवामियाङले ह्याट्रिक गरे । निकोलस पेपे, बुकायो साका र अलेसान्द्रे लाकाजेट्टीले एक एक गोल थपेका थिए ।
यसैगरी साउथह्याम्टनलाई जिताउन मोहमेद इलयोनोउसीले ह्याट्रिक गरे । अर्मान्डो बोर्जाले दुई गोल थपे । नाथन टेला, केल वाल्कर्स पिटर्स र नाथन रेडमन्डले एक एक गोल गरेका थिए । पहिलो हाफमा तीन गोल गरेको साउथह्याम्टनले दोस्रो हाफमा पाँच गोल गरेको थियो ।
अर्को खेलमा बर्नलीले न्युक्यासल युनाइटेडलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै तेस्रो चरणमा स्थान बनाएको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोल नभएपछि टाईब्रेकरमा न्युक्यासलले बाजी मारेको थियो ।