logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टोकियो पारालिम्पिकमा पलेसाको प्रतिद्वन्द्वी बेलायती बेथ

    टोकियो पारालिम्पिकमा पलेसाको प्रतिद्वन्द्वी बेलायती बेथ

    1.9K
    Shares

    काठमाडौं । टोकियो पारालिम्पिकमा सहभागी नेपालकी एकमात्र खेलाडी पलेसा गोवर्धनले पहिलो खेलमा बेलायती प्रतिद्वन्द्वी पाएकी छन् ।

    आयोजकले मंगलबार निकालेको खेल तालिका अनुसार पलेसाको खेल बेलायतकी बेथ मुनरोसँग परेको हो । तेक्वान्दो खेलाडी पलेसाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । पलेसाको पहिलो खेल सुक्रबार परेको छ । उक्त खेल जितेमा पलेसा क्वार्टरफाइनलमा पुग्नेछिन् । 

    क्वार्टरफाइनलमा उनको भिडन्त टर्कीकी गाम्जे गुर्डलसँग हुनेछ । पेलेसाबाट नोपलले पदकको आशा गरेको उनका प्रशिक्षक कविराज नेगी लामाले बताएका छन् । लामाका अनुसार पेलसालाई पहिलो खेलमा सहज प्रतिद्वन्दी परेको छ । टोकियो पारालिम्पिकमा नेपालबाट एक खेलाडी र एक प्रशिक्षक सहित ६ जनाको सहभागिता रहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend