काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । चौथो संस्करणको इपिएल आयोजकले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो । यो रकम विगतको भन्दा दोब्बर बढी हो । यसअघि विजेतालाई २५ लाख र उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिएको थियो ।
आगामी असोज असोज ९ देखि २३ गतेसम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिातमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रियट्र्स, विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्रिकेटमा यो पुरस्कार रकम अहिलेम्मकै उच्च हो ।