logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मैत्रीपूर्ण फुटबल : नेपालमाथि भारतको दोस्रो गोल 

    मैत्रीपूर्ण फुटबल : नेपालमाथि भारतको दोस्रो गोल 

    2.1K
    Shares

    काठमाडौं। दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा भारतले नेपालमाथि दुई गोल गरेको छ। ६२ र ७९ मिनेटमा गोल गर्दै भारतले अग्रता दोब्बर बनाएको हो। 

    पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालमा माथि भारतले दोस्रो हाफमा दुई गोल गरेको हो। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ६२ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। ६२ औं मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन्।
    चौधरी दोस्रो हाफको सुरुवातमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए।

    दोस्रो गोल भारतले ७९ औं मिनेटमा गरेको हो। पहिलो हाफमा केही अवसर पाए पनि चुकेको नेपालले दोस्रो हाफमा गोल खाएको हो। खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड मैदानमा उपस्थित भएका छन्। 

    पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले  १–१ को बराबरी खेलेका थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend