logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पेलेको शल्यक्रिया सफल

    पेलेको शल्यक्रिया सफल

    1.4K
    Shares

    एजेन्सी । विश्व विख्यात ब्राजिलियन महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । पेलेको ट्युमरको सल्यक्रिया गरिएको हो । पेलेको कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुने उपचारमा सहभागी चिकित्सकले जनाएका छन् । 

    तीन पटकका विश्व च्याम्पियन पेलेको गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षीय पेलेले पनि आफू निको भएको भन्द्यी खुशी ब्यक्त गरेका छन् । पेले स्वयंले सामाजिक सञ्चाल इन्स्टाग्राम मार्फत आफु निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने उल्लेख पनि गरेका छन् । 

    ‘महामारीका कारण लामो समय मेरो उपचार प्रभावित भएको थियो । म बेहोश भएको छैन, राम्रो अवस्थामा छु । नियमित चेक जाँचको प्रक्रिया पूरा भएको छ,’ पेलेले भनेका छन् । 

    पेले विश्व फुटबलका हस्ती हुन् । ब्राजीललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका पेलेले क्लब र देशका लागि एक हजारभन्दा बढी गोल गरेका छन् । देशका लागि उनले ९२ खेल खेल्दै ७७ गोल गरेका छन् ।चार पटक विश्वकप खेलेका पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend